जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले टाउकोको ओखती नाइटोमा लगाउन नहुने बताएका हुन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा। भट्टराईले राजनीतिमा नयाँ ध्रुवीकरण गर्न आह्वान गरेका हुन् ।
भट्टराईले लेखेका छन्, ‘टाउकोको ओखती नाइटोमा लगाएर हुन्न । अहिले सबै पार्टीमा देखिएको संकट लामो राजनीतिक परिवर्तन र संक्रमणपछि नयाँ युगको आवश्यकता अनुरूप पार्टीको विचार, नीति, कार्यक्रमको विकास, संगठनको रूपान्तरण र नेतृत्वको पुस्तान्तरण नहुनुको अभिव्यक्ति हो । अतः टालटुल होइन, आमूल रूपान्तरण र नयाँ ध्रुवीकरण गरौं ।’








