प्रधानमन्त्री शेर बहादुर देउवा निवासमा सुरक्षकर्मी बाक्लो संख्यामा परिचालित गरिएको छ । बिहिबार नेपाली कांग्रेसका सभापती समेत रहेका देउवा निवासमा सुरक्षकर्मी बाक्लो संख्यामा परिचालित गरिएको हो ।
कडा सुरक्षाका साथ काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकअघि सभापति निवास बुढानिलकण्ठमा विद्यार्थीहरुले प्रदर्शन गरेका कारण अहिले सुरक्षकर्मी बाक्लो संख्यामा परिचालित गरिएको हो ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।
काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय गरेपनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन सार्न तयार भएको बताइएको छ ।
बैठक सुरु हुनअघि केन्द्रीय कमिटी बाहिर रहेका युवा नेताहरु, रन्जित कर्ण, क्षितिज भण्डारी लगायतले महाधिवेशनको सुनिश्चितताका लागि सभापतिलाई निवेदन दिएका थिए ।








