नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमालेसँग अवसर हुँदाहुँदै पनि अध्यक्षा केपी शर्माअ ओलिको कारण पार्टी पछी परेको बताएका छन ।राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
नेता नेपालाले गलत प्रवृतिसँग कुनै पनि हालतमा सम्झौता नगरिने भन्दै उक्त प्रवृतिविरुद्ध जुधिरहने बताए ।नेता नेपालले मान मर्यादा र ठाउँ पाए पार्टीमा बस्ने संकेत गरे । एमाले उपाध्यक्ष वामदेव गौतम जसरी अपमान सहेर भने बस्न नसकिने र बाध्यताको बाटो अपनाउनुपर्ने अवस्था आउन सक्ने बताए ।
“वामदेव कमरेड जस्तो अपमानित भएर, भाग्नुपर्ने अवस्था पर्यो भने घर न घाटको हुने । न रुन सकिने न हाँस्न सकिने अवस्था हुन्छ । त्यो अवस्थामा कोही पनि नपरोस् भनेर समयमा नै विचार पुर्याएर हामी अन्तिम अन्तिम समयमा पनि आइरहेका छौं, सहज बाटो रोज्दा राम्रो हुन्छ । असहज बाटो भनेको बाध्यता हो,” उनले भने ।








