कांग्रेस महाधिवेशन मंसिरमा, यस्तो छ नयाँ कार्यतालिका



नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म पार्टिको १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघी भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन नहुने भएपछी कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिबेशन गर्ने भएको हो ।

आज सार्बजनिक गरिएको महाधिबेशनको नयाँ कार्यतालिका अनुसार अब भदौ १८ मा वडा अधिवेशन हुने भएको छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।

नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार  ७ : ३१ बजे