नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकारलाई सफल बनाउन आफ्नो पार्टीको ठूलो हात रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा प्रचण्डले अहिले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिंदा यो डेढ वर्षमा भएका अपजसहरु सबै कांग्रेसको टाउकोमा जाने भएकाले आफु प्रधानमन्त्री नभएको उल्लेख गरेका हुन् ।
प्रचण्डले भने, “अहिले म प्रधानमन्त्री हुनु भनेको टाउको दुखाई लिनु हो त्यो तपाईहरुले अहिले शेरबहादुर देउवालाई मन्त्री परिषद विस्तार गर्न नसक्नुमा देख्न सकिन्छ । फेरि सरकारमा जम्मा डेढ वर्ष सम्म किन बस्नु जबकि अहिले हाम्रो ठूलो प्रतिस्पर्धी भनेको केपी ओली र एमाले पार्टी हो ।
प्रचण्डले साथै यो समयमा धैर्य गर्नसके एमाले पार्टी फुटाएर केपी ओली र माधव नेपाललाई कमजोर बनाउने रणनीति सुनाएका थिए ।
यो समयमा बाहिर बसेर एमाले पार्टी फुट्यो भने केपी ओली र माधव नेपाल कमजोर बन्छन र आउँदो चुनावमा यहि गठबन्धनबाट मैले प्रधानमन्त्री माग्न सक्छु । अहिले मैले चूप लागेर प्रधानमन्त्री देउवालाई दिएकोले अर्कोपल्ट मलाई दिन बाध्य हुन्छन र अर्को ५ वर्ष प्रधानमन्त्री बन्न पाईन्छ । अनि माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउन सकिन्छ ।”
प्रचण्डले आफ्नो रणनीति सुनाउदै भने, “अहिलेको बेला हामी सरकारमा धेरै जना जान सकेनौ भने पनि ठूलो कुरा नमानौ । हामी सरकारमा जाने भन्दा पनि कसरी आउँदो चुनावमा जित्ने र प्रधानमन्त्रीमा दाबी गर्ने मुख्य विषय हो । त्यसपछि त छानी छानी मन्त्रालय पाईन्छ ।”
प्रचण्डले आफूले बुनेको रणनीति सुनाएपछि शिर्ष नेताहरुले साथ दिने वाचा समेत गरेका थिए । साथै बैठकमा प्रचण्डले अहिले माओवादी केन्द्रको ठूलो प्रतिस्पर्धी नेपाली कांग्रेस नरहेको बरु नेकपा एमाले र केपी ओलीलाई कमजोर बनाउन पार्टी एकजूट हुनुपर्ने उल्लेख गरेका थिए ।








