एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारवाही, को को परे कारबाहिमा ?



नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ ।१४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।

कारबाहिमा पर्नेमा माधवकुमार नेपालसहिता रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार  ५ : ०० बजे