राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी



राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुास र राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

मंगलवार सरकार राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल एमाले विभाजन र झण्डै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर तथा राजेन्द्र महतोको उद्धारका लागि सरकारले अध्यादेश जारी गर्न सिफारिश गरेको थियो ।

अध्यादेश जारी भइसकेको अवस्थामा यथासक्य छिटो दल दर्ताका लागि निर्वाचन आयोग पुग्ने दुवै पक्षको तयारी छ ।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १ : २९ बजे