बाग्मती प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुने भएकी छन् । बाग्मती प्रदेश एमाले संसदीयदलको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरेको हो र
एमाले उपाध्यक्ष समेत रहेकीअष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन गरिएको हो । मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई नेता चयन गरिएको हो।
वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको तयारी गरेपछि उनलाई कमजोर बनाउने गरी वागमतीमा दलको नेता परिवर्तन गरेसंगै एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताब गर्न निर्देशन दिएका थिए ।
ओलीको निर्देशन पछि आज बसेको दलको बैठकले शाक्यको नाम प्रस्ताब गरेको हो ।
शाक्य पछिल्लो समय अध्यक्ष ओलीसंग निरन्तर सम्वादमा रहनु भएको थियो ।








