सुदूरपश्चिममा एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउने गरी छलफल, दल रोज्ने सुविधालाई पर्खदै गठबन्धन



सुदूरपश्चिम प्रदेशमा माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउने गरि छलफल भईरहेको छ । बुधवारमात्रै माधव नेपाल नेतृत्वमा नवगठीत एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउने गरि गठबन्धनको शिर्ष नेतृत्वमा छलफल भईरहेको हो । पाँच दल मिलेर बनेको गठबन्धनमा सुदूरपश्चिममा एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउँने तयारी भईरहेको विश्वस्थ स्रोत बताएको छ । उसले भन्यो ,“ एमाले बिधिवतरुपमा अलग भएको छ । माधव नेपालले गठन गरेको नयाँ पार्टीमा प्रदेशमा कति जना जानुहुन्छ । सोही संख्यालाई आधार बनाएर सरकारको नेतृत्व सो पार्टीलाई दिने गरि शिर्षस्थ नेतृत्वमा छलफल भईरहेको छ । भन्ने कुरा आएको छ । अव नयाँ समिकरण कस्तो बन्छ सोही अनुसार सरकार बनाउने र नेतृत्वका बारेमा टुङ्गो लाग्छ ।” नेकपा एमाले बिभाजनसंगै सुदूरपश्चिमको हालको सरकार परिवर्तन हुने निस्चित भएका बेला माधव नेपालको नया पार्टीको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएसंगै यसलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

विभाजन साथ नदिने भन्दै लामो समयसम्म माधव नेपाललाई साथ दिईरहेका पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा राम्रो पकड रहेका एमालेका नेता रावलले नेपालको साथ छोडेपछि नेपालपक्षको वर्चश्वो कायम राख्न एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउँने पहल थालिएको बताईएको छ । यसका लागी नेकपा माओवादी केन्द्र पनि सकरात्मक देखिएको छ । भने कांग्रेसले केन्द्रीय नेतृत्वको निर्देशनलाई मान्ने बताएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका सचेतक अक्कल रावलले सरकार एमाले विभाजन भएसंगै परिवर्तन हुँने निस्चित रहेको बताए । प्रदेश सांसदको संख्या हेरेर एमाले समाजवादीको नेतृत्वमा सरकार बन्नसक्ने आधार रहेको उनको भनाई छ । “केन्द्रिय गठबन्धनका आधारमा कुन पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने निर्णय भईसकेको छैन् । एमाले विभाजन भएसंगै एमालेमै रहने साथिहरु सरकारबाट बाहिनुहुन्छ होला । त्यसपछि पार्टी शिर्ष नेतृत्व र गठबन्धनका शिर्षस्थ नेताहरुको निर्णय बमोजिम नयाँ सरकार बन्छ । फुटेको पार्टीको समिकरण कस्तो बन्छ त्यहि अनुसार उहाँहरुलाई नेतृत्व दिने कि नदिने भन्ने बारेमा केन्द्रीय नेतृत्व निर्णय लेला ।” नयाँ बनेको पार्टीमा रहने सांसदहरुलाई हेरेर सरकारको नेतृत्व दिन सकिने उनको संकेत छ । तर यता नेपाली कांग्रेसले भने यसअघि गठबन्धनमा भएको सहमती अनुसार सरकारको नेतृत्व आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ । उसले यसअघि भएको सहमती माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने अनुसार दावी गर्दै आएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रण बहादुर रावलले माओवादी केन्द्रले तिन बर्ष सरकारको नेतृत्व गरि सकेकाले अवको नेतृत्व आफुले पाउनुपर्ने बताए । उनले भने, “नयाँ सरकार गठनका लागी छलफल भईरहेको छ । काँग्रेसकै नेतृत्वमा सरकार बनाउने गरि छलफल भईरहेको छ । यसअघि सहमती अनुसार हामीले सरकारको नेतृत्व गछौं । यसअघि माओवादी केन्द्र तिन बर्ष सरकारको नेतृत्व गरिरहेको छ । तत्कालीन एमालेका साथीहरु पनि सरकारमै हुनुहुन्थ्यो । अव हाम्रै नेतृत्वमा सम्भवत यहि महिना भित्रमा प्रदेशमा नयाँ सरकार बन्छ । ” तर दलका नेता रावलले सरकारको नेतृत्वको अवसर माधव पक्षलाई दिने कुरा आईसकेको नसकेको बताए । उनले भने, “एमाले फुटेको छ । प्रदेशमा त्यसको कस्तो असर पर्छ । त्यहि अनुसार सरकार बन्ला । हामिले भरसक आफ्नै नेतृत्वमा सरकार बनाउँने हो । तर माधव पक्षलाई अवसर दिने पार्टीका शिर्ष नेताले निर्णय गरे सोही अनुसार हामी अघि बढ्छौ । तर अहिलेनै यसबारेमा कुनै निर्णय भईसकेको छैन् । माधव नेपालको पार्टीलाई एक नम्वर र बागमती प्रदेशमा सरकारको नेतृत्व गर्ने अवशर दिने निर्णय भएको छ । सम्भवत त्यही होला । अहिलेनै केही भन्न सहिदैन् । उहाँहरुको यस प्रदेशमा संख्या कति पुग्छ । ”

२१ दिन पछिमात्रै निर्णय लिने

नेकपा एमाले विधिवतरुपमा फुटेसंगै सुदूरपश्चिममा नयाँ सरकार बनाउन गठबन्धनमा रहेका दलहरुले छलफल थालेपनि तत्कालै सरकार परिवर्तन भने नहुने भएको छ । राजनितिक दल बिभाजन सम्वन्धी जारी भएको नयाँ अध्यादेशमा प्रदेश र स्थानिय पालिकाका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्ने सुविधा दिएको छ । सोही अनुसार नया गठन भएको एमाले समाजवादी रोज्ने कि एमालेमै रहने भन्ने विषयमा सुदूरपश्चिमका एमाले अधिकांस सांसद रहेकाले उनिहरुलाई कुरेर बस्ने काँग्रेस र माओवादीको रणनिति छ । एमाले दुई सांसद भने नया पार्टीमा खुलेका छन् । भने एक सांसद पनि नया पार्टीमा लागेको चर्चा चलेको छ । माधव पक्षमा हालसम्म बहालवाला आन्तरकि मामिला तथा कानुन मन्त्री पुर्णा जोशी र पुर्व बन मन्त्री माया भट्ट खुलिसकेका छन् । भने भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारी पनि खुलिसकेको चर्चा चलेको छ । यसबाहेक तत्कालीन समयमा माधव पक्षमा रहेका १८ सांसद मध्ये १५ जना कुन पार्टी रोज्ने भन्ने खुलिसकेका छैनन् । प्रदेशमा एमाले बाहेक माओवादी , काँग्रेस र जसपा मिलेर सरकार बनाउन बहुमत पुगेको भएपनि यि पार्टीहरुले दल रोज्ने सुविधालाई पर्खेर बसेको बताएका छन् । नेपाली काँग्रेसका संसददीय दलका नेता रावलले दल रोज्ने २१ दिने समय रहेका सो दिनसम्म आफुहरु कुरेर बस्ने जानकारी दिए । एमालेका साथिहरुले सो अवधीमा दल रोजेसंगै सम्भवत यहि महिना नयाँ सरकार बनाउने उनले बताए ।

यस्तो थियो सुदूरपश्चिमको अंक गणित !

सुदूरपश्चिममा नेकपा एमाले बिभाजन हुनुपुर्व पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद रहेका थिए । जुन सरकार बनाउँन प्रर्याप्त संख्या हो । भने एमालेसंग २५ जना सांसद थिए । सोही अनुसार माओवादी , काँग्रेस र जसपा मिलेर सरकार बनाउन बहुमत पुग्छ । एमालेमा रहेका सांसलमध्ये नेपालले गठन गरेको नयाँ पार्टीमा ८ जनासम्म खुल्न सक्ने आकलन गरिएकाले यदि यसो हुन सके झण्डै दुई तिहाईको सरकार बन्नेछ ।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  ९ : ४१ बजे