माधव नेपालका विश्वाशिला पात्र योगेश भट्टराईले नेपाललाई विभाजनमा साथ दिएकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । सोमबार एमाले अध्यक्ष केपि ओली निवास पुगेका भट्टराईले वार्तापछि पत्रकारसँग कुरा गर्दै सो आग्रह गरेका हुन् ।
भट्टराईले भने, ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु ।’
माधव नेपालकै समूहमा रहेर हाल विभाजनमा नलागेका नेता भट्टराईले पार्टी विभाजनको बाटो छाडेर एमालेमा फर्किन आफूहरूले आग्रह गरेको र भोलिको स्थायी कमिटी बैठकले पनि अपील गर्ने बताए । नेपाललाई विभाजनमा साथ दिएकाहरूलाई पनि पार्टीमा फर्किन उनले आग्रह गरे ।’
आफूहरूले माधव नेपाललाई पार्टी विभाजनका लागि साथ नदिएको र उतिबेलै अलग पार्टी बन्ने सन्दर्भमा साथ नरहने उतिबेलै जानकारी दिएको समेत भट्टराईले बताए । उनले माधव नेपालले हतार गरेको भन्दै दुई दिनपछिमात्र नेपालको बारेमा थप टिप्पणी गर्ने बताए ।
भट्टराईले नेपाल दल दर्ताबाट एमाले एकतामै फर्किए कारवाही फिर्ता हुने समेत जानकारी दिए ।
नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउन अध्यक्ष ओली सकारात्मक रहेको बताएका छन् ।








