नेकपा एमालेमा प्रवेश गरेका नेता पुर्व माओवादी समूहका नेताहरु एमाले स्थायी कमिटीबाट हट्ने भएका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति अनुसार उनिहरु स्थायी कमिटीबाट हट्ने भएका हुन् ।
अध्यक्ष ओलीको निवासमा भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएसंगै राम बहादुर थापा बादल समुह स्थायी कमिटीबाट बाहिरिने भएको हो।
२०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ बादल समूहबाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए । बादल समूह बारे एमालेको संयुक्त बैठक पश्चात निर्णय लिईने बताइन्छ ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदिप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।








