चन्द्रागिरीमा माधव नेपाल, ५० बेड बुकिङ



प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला नेता मात्रव नेपालले आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकान्तवास लगिएको हो ।

स्रोतअनुसार उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो ।

उनीहरूबीच तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन् ।

‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोतले भन्यो, ‘तर ४० देखि ५० जनाका लागि सोमबार राति बस्नेगरी बुकिङ भएको छ ।’

प्रकाशित मिति : भदौ ७, २०७८ सोमबार  ५ : १२ बजे