ओलीको दावि अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा आफूले जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार विशेष पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले आफू निर्विकल्प नरहेकाले उचित समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका हुन्।

‘केहीले एउटा समूह गयो अब ओली निर्विकल्प भनेर साँघुरो सोच राखिराख्नु भएको छ। निर्विकल्प केही हुँदैन। आगामी निर्वाचनसम्म म निर्विकल्प हो। अरू विकल्पमा आउँदैनन् भन्ने होइन,’ उनले भने।

केही पनि निर्विकलेप हुन्न। नेकपा एमाले हालका लागि प्रतिपक्षमा निर्विकल्प हो। आउँदो चुनावबाट सत्ता पक्ष हुनका लागि पनि निर्विकल्प छ।

सरकारमा जान्छ यसको कुनै विकल्प छैन’, उनले भने।

उनले आफू महाधिवेशनसम्मका लागि अध्यक्ष भएको दाबी गरे।

‘म पनि अहिले अर्को व्यवस्था नभए या गर्नु नपरे वा सामान्यतया भन्दा महाधिदेवेशनसम्मका लागि कसैले मलाई चुनौती दिएको छैन। त्यतिबेलासम्मका लागि म निर्विकल्प अध्यक्ष हो,’ उनले भने।

प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार  १ : २५ बजे