नेकपा (एमाले)का ५५ जना केन्द्रीय सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्।
बुधबार निर्वाचन आयोग पुगेर ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेपनि भारतको नयाँदिल्लीबाट सनाखत गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गणना हुन बाँकी रहेको छ।
खनालले नयाँदिल्लीस्थित नेपाली राजदूताबासमा गएर आज बिहान सनाखत गरेका थिए। राजदूताबासबाट जानकारी आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, एकीकृत समाजवादीको पक्षमा एमालेका २९ जना सांसदले सनाखत गरेका छन्।
यससँगै थप चार जना केन्द्रीय सदस्य सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। २ भदौमा दल दर्ताका लागि दिएको निवेदनमा नाम नभएकाले उनीहरूको सनाखतको विषयमा छलफल भइरहेको छ।
नयाँ थपिएका चार केन्द्रीय सदस्यमा दुई जना सांसद रहेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए। उनीहरूको सनाखतका लागि अध्यक्ष नेपाल नै आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन्।
एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिन्छन्। नेपालको पक्षमा केन्द्रीय सदस्यको संख्या २० प्रतिशतभन्दा बढी पुगिसकेको छ। त्यस्तै, नयाँ आएका सांसदले पनि सनाखत गर्न पाएमा सांसदको संख्या पनि २० प्रतिशत पुग्ने देखिएको छ।
उनीहरूको सनाखत पछि आजै नेपाललाई नयाँ दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी छ।
यी हुन् माधव नेपालको पार्टीमा आयोगले सनाखत गरेका ५५ केन्द्रीय सदस्य :
माधव नेपाल, प्रदिप नेपाल, वेदुराम भुषाल, मेटमणी चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमल कुमार खनाल, विजय गुरुङ,मुकुन्द न्यौपाने, प्रमेश कुमार हमाल, राजेन्द्र प्रसाद पाण्डे, डा. विजय कुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्र प्रसाद चौधरी, जयन्ती राई, तुल बहादुर गुरुङ रहेका छन् ।
यस्तै जगन्नाथ खतिवडा, चुडामणी वि.क जंगली, घनेन्द्र बस्नेत, राजेन्द्र कुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्ण प्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरि प्रसाद पराजुली, केदार न्यौपाने, सावित्रा भुसाल, रामकुमारी झाँकी, गौरा प्रसाई कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरला कुमारी यादवले पनि हस्ताक्षर गरेकी हुन् ।
आयोगमा सुधिर प्रसाद सा, कल्याणी कुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेश कुमार राई, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद साह, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह (गरिमा), देवशंकर पौडेल, विरोध खतिवडा, हंश बहादुर शाही, शेर बहादुर के.सी, निरादेवी जैरु, प्रेम बहादुर आले, भागवत नेपाली हस्ताक्षर गरेका हुन् ।








