हाम्रा कोही पनि सत्रु हुँदैनन्, सबै मित्र हुन्छन् : माधवकुमार नेपाल



नेकपा (एकीकृत समाजवादी)का अधयक्ष माधवकुमार नेपाललेआफ्ना कोहि पनि शत्रु नहुने बताएक छन् । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफ्नो विदेश नीति सन्तुलनमा आधारित हुने बताएका हुन्।

अध्यक्ष नेपालले आफ्नो पार्टीले पञ्चशीलको सिद्धान्तको आधारमा व्यवहार गर्ने बताएका हुन् ।

‘हामी पञ्चशीलका पाँच सिद्धान्त र संयुक्त राष्ट्रसंघीय बडापत्रानुसारको विदेश नीति अवलम्बन गर्नेछौँ । हाम्रो विदेश नीति सन्तुलनमा आधारित हुनेछ । कोही पनि शत्रु हुने छैनन्, सबै हाम्रा मित्रराष्ट्र हुनेछन् ’ उनले भने । नेपालको आन्तरिक विषयमा कसैको पनि हस्तक्षेप नसहने पनि उनको भनाइ छ ।

फरक प्रसंगमा अध्यक्ष नेपालले आफ्नो पार्टी छिटै सरकारमा सहभागी हुने बताएका छन् ।

उनले भने, ‘हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ ।’

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  ३ : ४४ बजे