नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरू अनसनमा रहेकै बेला कांग्रेसले २८ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरिएको हो।
अनसनरत जिल्ला सभापतिहरूको तीन बुँदे मागमा क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने भन्ने माग रहेकै बेला २८ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरिएको हो।
कांग्रेसले अनसन तोडाउने गरी ४९ जिल्लाको थाती राखेर २८ जिल्लाको सदस्यता सार्वजनिक गरेको हो। ती जिल्लामा सदस्यतालाई लिएर विवाद छैन।
कांग्रेसले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लाको सदस्यता विवरण सार्वजनिक गरेको छैन।
सदस्यता सार्वजनिक भएका जिल्लाहरू:
प्रदेश १– पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा,उदयपुर, झापा ।
बागमती प्रदेश– दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर
गण्डकी प्रदेश– गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी र नवलपुर।
लुम्बिनी प्रदेश– रूपन्देही, पाल्पा र रोल्पा
कर्णाली प्रदेश– हुम्ला








