कांग्रेसमा जुट्यो सहमति, भदौ १८ गते देशैभर वडा अधिवेशन हुने



भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि  काङ्ग्रेस नेताहरुबीच सहमति जुटेको छ।पार्टिका पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शनिबार भएकोछलफलपछि भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी सहमति जुटेको नेता सिंहले जानकारी दिए

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफू निकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा छलफल गरेका थिए।देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठकपछि जानकारी दिए। उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको बताए। साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहनसमेत आग्रह गरेका छन्

प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार  १ : ५६ बजे