नेकपा (एकीकृत समाजवादी) को बैठक सुरू



नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

संसदीय दल गठन गर्न लागेको नेकपा (एकीकृत समाजवादी) का सांसदहरूसहित बैठक बसेको हो।

बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए।

नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।

अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताए।

आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्।

त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपाल बताउँछन्। दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उनले बताए।

राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ।

प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार  १२ : ५४ बजे