आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउछ : महामन्त्री कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी गरेका छन् ।

दाङको घोराहीमा पुगेका महामन्त्री कोइरालाले एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी गरेका हुन् ।

कम्युनिष्ट फुटेको समय भएकाले गाउँ-गाउँमा पार्टी संगठनमा जुट्न उनले सबै नेता, कार्यकर्तामा आह्वान गर्दै पार्टीको निर्वाचन नै अन्तिम नभएको भन्दै आउने आम निर्वाचन कांग्रेसको प्रतिष्ठाको लडाइँ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री कोइरालाले फरक प्रसंगमा पार्टीको १४औँ महाधिवेशनमा आफु सभापतिमा उठ्ने बताएका छन ।

सन्चारकर्मीसंगको कुराकानिमा उनले भने- ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’ महामन्त्री कोइरालाले सभापतिमा उठ्ने मात्रै भनेनन्, उम्मेदवारीबाट पछाडि नहट्ने दाबी पनि गरेका हुन् ।

नेपाली कांग्रेस दाङले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरे । उनले महाधिवेशनको तयारीमा जुट्न कांग्रेस नेता९कार्यकर्तालाइ निर्देशन समेत दिएका हुन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेसका नेता किरणकिशोर घिमिरे र पार्टीका पुर्व जिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यवादेवी शर्माको सम्झनामा कांग्रेस दाङले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको थियो ।

कांग्रेसको महाधिवेशन भदौ १८ गतेदेखि वडारवडाबाट सुरु हुने भन्दै पार्टीको आन्तरिक जिबनमा महाधिबेशनले महत्वपुर्ण अर्थ राख्ने र महाधिबेशन कांग्रेस नेता, कार्यकर्ताका लागि ठुलो पर्ब भएकाले सहि र सक्षम नेतृत्व चुन्नु पर्ने बताए ।

 

प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार  २ : १२ बजे