कांग्रेस महामन्त्री कोइरालाले दिए कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार अध्यक्ष नेपालले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले भनेको छन्, ‘श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा नेपाल भित्र र संसारभरि रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै, गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस्ता पर्वहरुले हाम्रो संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव बृद्धी गर्न सकोस ।’

आज कृष्ण जन्माष्टमीको अवसरमा देशैभरी सार्वजनिक बिदा दिइएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशमा प्रचलित गौरा पर्वपनि आज धुमधामका साथ मनाइदै छ ।

प्रकाशित मिति : भदौ १४, २०७८ सोमबार  १ : २६ बजे