नेकपा माओवादी केन्द्रले आकस्मीक स्थायी कमिटीको बैठक बोलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा आज बिहान बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा भएको छलफलको ब्रिफिङ भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘गठबन्धनको बैठकमा भएको छलफलको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । अन्य समसामयिक राजनीतिका बारेमा सामान्य छलफल भयो,’ श्रेष्ठले भने ।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।








