यो नयाँ एमाले पुरानो एमाले सोच्नु भएन्, सुदूपश्चिम इञ्चार्ज मै हो : लेखराज भट्ट



नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्।

‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यो हो,’ एक टेलिभिजन कार्यक्रममा भट्टले भनेका छन्।

एमालेमा ०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनको चरण सुरु भएपछि भट्ट इञ्चार्जबाट स्वतः हटेर भीम रावल इञ्चार्ज भएको चर्चा थियो। तर भट्टले अहिले पनि एमाले सुदूरपश्चिमको इञ्चार्ज आफू नै रहेको दाबी गरेका हुन्।

‘यो नयाँ एमाले हो। पुरानो एमाले सोच्नु भएन्,’ उनले भनेका छन्।

विगतमा भीम रावल एमाले सुदूरपश्चिमको इञ्चार्ज थिए भने माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट थिए। दुई पार्टीबीच एकिकरण भएपछि नेकपा सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो।

प्रदेश समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा भट्टलाई बोलाउने गरिएको थियो। तर नेकपामा विवाद बढेपछि ओली समूहले रावलाई इञ्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएको थियो। अहिले रावल र ओली सम्बन्ध सुधार भएसंगै भट्ट इञ्चार्जबाट हटेको चर्चा छ।

प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार  १२ : ४० बजे