संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले शीर्ष नेतालाई बोलाएका छन् । सभामुख सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न शीर्ष नेतालाई सोमबार बोलाएका हुन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।
सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरेका थिए ।










