निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो



निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ । आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा ९एकीकृत समाजवादी० रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ९दोस्रो संशोधन अध्यादेश, २०७८० र राजनीतिक दलसम्बन्धी नियामवली, २०७४ ९दोस्रो संशोधन अध्यादेश, २०७८० को नियम ५ अनुसार एमालेबाट विभाजन भई नेकपा ९एकीकृत समाजवादी० बनेको जानकारी गराइएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादी रोजेका प्रदेशसभा सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ९दोस्रो संशोधन अध्यादेश २०७८० को दफा ३३९२क० बमोजिम दल त्याग गरेको नमानिने अवगत गराएको छ ।

प्रदेशसभामा नयाँ दल सूचीकृत भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । सभामा विभाजनपछि पनि ४३ सदस्यसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने नेकपा माओवादी केन्द्र २३ सदस्यसहित दोस्रो त्यस्तै २२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो दलका रूपमा रहेको छ । नयाँ दल नेकपा ९एकीकृत समाजवादी० १३ सदस्यसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये चौथो दल बन्न पुगेको छ ।

तीन सदस्य सङ्ख्यासहित प्रदेशसभामा यसअघि चौथो ठूलो दलका रुपमा रहेको विवेकशील साझा पाँचौँमा पुगेको छ । प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी र राप्रपाको दुई÷दुई जना सदस्य रहेका छन् भने स्वतन्त्रतर्फ एक सदस्य छन् ।

प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार  ६ : ५० बजे