सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा सरकारले केशब निरौलालाई नियुक्त गरेको छ । सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ ।
अध्यक्षा सहित आयोगका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराएका हुन्।
सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए। अध्यक्ष नियुक्त भएका निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् ।
सपथ ग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहित उपस्थित थिए।








