प्रदेश नम्बर १ र वाग्मतीमा समाजबादी नेतृत्वको सरकार बन्छ : माधब नेपाल



नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले भने, , ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

उनले संसद्मा भ इ रहेको नाराजुलुसको पनि चर्को आलोचना गरे । एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्मा उफ्रिएको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  ६ : २३ बजे