प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
मंगलबार बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउन सहमति पाएका थिए ।राष्ट्रसंघ महासभा बैठकमा सहभागी जनाउन नेपालका तर्फबाट मन्त्री नहुँदा राम्रो सन्देश नजाने भन्दै देउवाले गठनबन्धनका नेताहरूलाई सहमत गराएका थिए ।
खड्काले आजै पद तथा गोपनीयताको शपथ लिने छन् । उनी आजै संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन जाने बताइएको छ ।उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन्।








