डा. खड्काले लिए परराष्ट्रमन्त्रीको शपथ :महासभामा भाग लिन आजै अमेरिका जाँदै



नेपाली कांग्रेसका नेता डा . नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।शितल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा डा । खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । गठबन्धनमा आबद्ध दलहरूले डा । खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।कार्यभार सम्हालेसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  १ : ५५ बजे