कांग्रेस पदाधिकारीको बैठक बस्दै, सरकारलाई पुर्णता दिनेबारे छलफल



नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक बस्ने भएको हो ।

बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहिबार  १० : २२ बजे