नेपाली कांग्रेसले ६४ जिल्लामा भोलीदेखी पालिका अधिवेशन गर्ने भएको छ । आज सिंहदरबारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विभिन्न २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता शर्माका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । तर बैठकमा त्यसो सम्भव नभएको भन्दै ६४ जिल्लामा शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बाँकी रहेको १३ जिल्लाका पनि छिट्टै क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी दिए ।








