प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्ड



प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप(२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्डको ग्लास्गो सहरजान लागेका हुन्। उनको पहिलो विदेश भ्रमण स्कटल्याण्ड बाट प्रारम्भ हुने भएको छ ।

बेलायती कूटनीतिज्ञ एवं कोप(२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी सम्मेलनमा सहभागी हुने चर्चा चलेको थियो। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले निम्तो प्राप्त भए पनि निधो नभएको बताए।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ। नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  २ : ५५ बजे