एमाले केन्द्रीय कमिटी बैठक जारी, ३ दस्तावेजमाथि छलफल



नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारि केन्द्रिय कमिटीको बैठक दोस्रो दिनपनि जार रहेको छ ।

बैठकमा असोज १५–१७ गतेसम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने दस्तावेजमा छलफल भइरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका छन् । एमालेको सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि बैठकमा छलफल भइरहेको छ ।

ती दस्तावेजमा छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यहरूका १० वटा समूह बनाइएको र समूहका टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  १२ : २० बजे