नेपाली कांग्रेसकको पालिका अधिबेशनबाट सुदूरपश्चिम प्रदेशमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै पकड कायमै रहेको छ । मंगलबार आएको स्थानीय तहको नतिजा अनुसार सभापति देउवाको गृह प्रदेशमा वर्चस्व कायमै रहेको हो । सोमबारसम्म अधिवेशन सम्पन्न भएका ७४ पालिकामध्ये ४४ मा देउवा, पौडेल समूह (दिवान विष्ट, दिलेन्द्र बडू)ले आफ्ना उमेदवारहरुलाई २६ पालिका सभापतिमा निर्वाचित गर्न सफल भएका छन् । ४ जना सभापति भने कुनै पक्षमा खुलेका छैनन् ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीबाहेकका जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । सुदूरपश्चिममा कुल ८८ स्थानीय तह रहेका छन् । तीमध्ये अधिवेशन सम्पन्न भएका ८ जिल्लाका ७५ स्थानीय तहमध्ये बाजुराको वडिमालिका नगरपालिकामा अधिवेशन हुन सकेको छैन । ९ स्थानीय तह रहेको बाजुरामा देउवा पक्ष ४ र पौडेल पक्षका ३ पालिका सभापति चयन भएको कांग्रेस स्रोतले बताएको छ । एउटा पालिकाका सभापति भने नखुलेको स्रोतले बतायो । सोमबारसम्म ७ पालिकामा सर्वसम्मत र त्रिवेणी नपामा निर्वाचन भएको छ । बडीमालिका नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको छ । यहाँका पालिका अधिवेशनमा सभापतिमा बुढिनन्दा नगरपालिकामा डबल बहादुर खड्का, हिमाली गाउँपालिकामा अम्मलाल कार्कि, जगन्नाथ गाउँपालिकामा सुन्दर बहादुर बिष्ट , स्वामिकार्तिक खापर गाउँपालिकामा महेश कट्टेल, गौमुल गाउँपालिकामा राज बहादुर धामी, त्रिबेणी नगरपालिकामा सुरेन्द्र राज गिरी , बुढिगङ्गा नगरपालिकामा जयराज उपाध्याय र छेडेदह गाउँपालिकामा हर्क बहादुर रावत चयन भएका छन् ।
यस्तै यता कञ्चनपुरमा रहेका ९ स्थानीय तहमध्ये पूर्व सांसद दिवानसिंह बिष्ट पक्षधर (रामचन्द्र समूह)का ४ वटा पालिका सभापति भएका छन् भने नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका एनपी साउद र रमेश लेखक पक्षधर ५ पालिका सभापति भएको कांग्रेस स्रोतले जनाएको छ । कञ्चनपुर जिल्लाका पालिकाहरुमा सभापतिमा पुनर्वास नगरपालिका शुकबहादुर तामाङ, बेलौरी नगरपालिकामा पेपुराम चौधरी, लालझाडी गाउँपालिकामा श्रीकृष्ण राना, बेलडाँडी गाउँपालिकामा गजबहादुर बिष्ट, वेदकोट नगरपालिकामा तुलाराम साहु , भीमदत्त नगरपालिकामा अच्युतराज कलौनी, कृष्णपुर नगरपालिकामा विष्णु खड्का, शुक्लाफाँटा नगरपालिकामा दानबहादुर ऐर र दोधारा चाँदनी नगरपालिकामा राजेन्द्र मल्ल निर्वाचित भएका छनु ।
सभापति देउवाको गृह जिल्ला डडेल्धुराका सबै पालिकामा उनी पक्षधर सभापति भएका छन् । डडेल्धुरामा ७ पालिका रहेका छन् । परशुराम नगरपालिका, अजयमेयरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा क्रमशः भरत बडायर जोशी, खेमराज भट्ट, टेकराज पाण्डे, भोजराज भट्ट, डम्बर राज जोशी र ईन्द्र कार्की सभापतिमा चयन भएका हुन् । उता, दार्चुलाका ९ वटै पालिकामा दिलेन्द्र बडू पक्षधर सभापतिमा चयन भएका छन् । महाकाली नगरपालिकामा चन्द्रसिंह बिष्ट , शैल्यशिखर नगरपालिकामा मोहनसिंह साउद , लेकम गाउँपालिकामा कमलापति मिश्र , मालिकार्जुन गाउँपालिकामा किसनसिंह सामन्त , मार्मा गाउँपालिकामा धनन्जय जोशी, नौगाड गाउँपालिकामा प्रेमसिंह धामी, दुहु गाउँपालिकामा नरेन्द्र कुंवर, ब्यांस गाउँपालिकामा नरेन्द्रदत्त भट्ट र अपि हिमाल गाउँपालिकामा सोभानसिंह लोथ्याल सभापतिमा चयन भएका छन् । उनिहरु सवै पुर्वमन्त्री समेत रहेका कांग्रेस नेता बडूपक्षधर रहेको बताईएको छ ।
डोटीमा रहेका सबै पालिका सभापति देउवा पक्ष भएको डोटी कांग्रेसका एक नेताले बताए । डोटीमा ९ वटा स्थानीय तह रहेका छन् । बोगटान फुडसिल गाउँपालिकामा खडक सिंह बोहरा, जोरायल गाउँपालिकामा मोहनबहादुर मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी, केआई सिंह गाउँपालिकामा अर्जुनबहादुर बलायर, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा, सायल गाउँपालिकामा तेजराज ओझा, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् । बैतडीका १० स्थानीय तहमध्ये ४ देउवा पक्षमा, ३ पौडेल पक्षमा र ३ जना सभापति कुनै पक्षमा खुलेका छैनन् । सुर्नया गाउँपालिकामा प्रतापसिंह महरा, शिवनाथ गाउँपालिकामा हिरा चन्द, पञ्चेश्वर गाउँपालिकामा रामबहादुर चन्द, दशरथचन्द नगरपालिकामा भुवन राज भट्ट, पुर्चौडी नगरपालिकामा गणेशसिंह गडाल, दोगडाकेदार गाउँपालिकामा नन्दराज भट्ट, मेलौली नगरपालिकामा प्रमानन्द भट्ट, सिगास गाउँपालिकामा कर्णबहादुर ऐर , डिलाशैनी गाउँपालिकामा जयराज जोशी र पाटन नगरपालिकामा मानशहादुर ऐर सभापतिमा निर्वाचित भएका छन् । यस्तै बझाङका १२ स्थानीय तहमध्ये १० पालिकामा देउवा र २ मा कोइराला पक्षधर सभापति निर्वाचित भएका छन् ।
बझाङका पालिकाहरुमा सभापति चयन हुनेमा वित्थडचिर गाउँपालिकाका चक्र अधिकारी, मष्टा गाउँपालिकामा उतम जोशी , तलकोट गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह , सुर्मा गाउँपालिकामा अप्रित बोहरा , खप्तडछान्ना गाउँपालिकामा विष्णुभक्त जोशी , बुंगल नगरपालिकामा नरेश थापा, साइपाल गाउँपालिकामा रामबहादुर बोहरा, दुर्गाथली गाउँपालिकामा युवराज भण्डारी, केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी,थलारा गाउँपालिकामा दिलबहादुर सिंह, छविसपाथिभेरामा पाण्डव थापा र जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल रहेका छन् । अछामका १० पालिकामध्ये देउवा र पौडेल पक्षधर समान ५–५ रहेका छन् । सभापतिमा बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला , मेल्लेख गाउँपालिकामा खकेन्द्रबहादुर साउँद, रामारोशन गाउँपालिकामा मानबहादुर साउँद , कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी ,ढकारी गाउँपालिकामा धनबहादुर बुढा , चौरपाटी गाउँपालिकामा धर्मबहादुर साउँद , मंगलसेन नगरपालिकामा झपट बहादुर रावल , तुर्माखाँद गाउँपालिकामा कविराम बयक, साँफेबगर नगरपालिकामा लालबहादुर कुँवर र पञ्चदेवल विनायक नगरपालिकामा सर्जन बहादुर शाही चयन भएका छन् ।








