नेपाल भारतको सिमानाका गौरीफन्टा आजबाट खुला भएको छ । आजबाट भारतीय नम्बर प्लेटका सावरी साधन पनि नेपाल आउन दिने भएको छ । कैलालीमा पनि आईतबारबाट भारतबाट आउने भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई समेत छुट दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले जानकारी दिए । भन्सारका कर्मचारीहरुले आफ्नो अफिसियल काम गर्न बाकी रहेकोले आईतबारबाट सबै प्रकृया पुरा गरेर सिमानामा आवागमन सहज भएको उनले बताए ।
‘भारतका लखिमपुर जिल्ला खिरीका डिएम संग कुराकानी भएको छ’ कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘नेपालबाट भारत तर्फ जान पनि सहज हुनेछ ।’ यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन दिइने जनाइएको छ ।
माथिल्लो निकायको आदेशपछि भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको त्रिनगर भन्सार कार्यालय धनगढीले जनाइएको छ । त्रिनगर प्रहरी चौकिका इन्चार्ज प्रहरी नायव निरिक्षक रमेश शाहीका अनुसार भारतीय नम्बर प्लेट भएका सवारी आवतजावत गर्न दिइएको छ । अव भने ७२ घण्टा भित्रको स्वास्थ्य परिक्षण रिपोर्ट भएका भारतीय नागरिकले आफ्नै निजी सवारी मार्फत नेपाल आउन पाउने छन् ।
भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १ सय ५० र टेलरसहितको ट्याक्टरका लागि ७ सय ५० रुपैयाँ भन्सार काट्नु पर्ने छ ।










