राइफल बोकेको तस्विर ट्विट गरेपछि, विवादमा तानिए अमेरिकी सांसद



राइफल बोकेर खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएको गोलीकान्डपछि परिवारका सदस्यले गोली बोकेको तस्विर उनले ट्विट गरेका थिए । केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थोमस मासीले ट्विवटरमा सो फोटो पोस्ट गरेपछि उनी विवादमा तानिएका थिए ।

म्यासीले सो तस्विर ट्विट गर्दै लेखेका थिएस् मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ । बन्दुक अ‌ाक्रमणका पीडितले सो पोस्टको निन्दा गरेका छन् । उनी संवेदनहीन भएको ट्विटरका प्रयोगकर्ताले अ‌ारोप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिरो भएको कतिपयले गुनासो गरेका छन् ।

मिसिगनको एउटा विद्यालयमा भएको गोली कान्डको पृष्ठभूमिमा सो फोटो पोस्ट गरिएको छ । सो गोलीकान्डमा चार जना किशोरको मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुको बन्दुक बोकेर विद्यालयमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला सो घटना भएको थियो ।

 

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  १ : ४६ बजे