बंगलादेशको सुगन्धा नदीमा यात्री लिएर जाँदै गरेको एक डुंगामा आगलागी हुँदा कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ। यो दुर्घटना झालकोटी जिल्लामा भएको हो। बारिसालको संभागीय आयुक्त सैफुल हुसेनले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ।
घाइतेलाई बारिसाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ती गराइएको छ। डुंगामा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ। झालकोटीका एक स्थानीय पत्रकारले बीबीसीलाई बताए अनुसार बिहान साढे ३ बजे डुंगामा आगलागी भएको थियो। ज्यान बचाउनका लागि कयौं यात्री नदीमा हामफालेका थिए।










