मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको: राष्ट्रपति भण्डारी



पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”

 

 

 

प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार  ९ : ०९ बजे