जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलको गोदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।
हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पनि आगलागी नियन्त्रणका लागि पुगेको छ । आगो फैलनेक्रम नरोकिएकोले हेलिकोप्टरबाट समेत पानी खसालेर नियन्त्रणमा लिन लागिएको हो ।








