कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोलुखुम्बुको मुक्लिमा कांग्रेस प्रदेश सभा क क्षेत्रले गरेको प्रशिक्षण कार्यक्रममा कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्वमन्त्री बलबहादुर केसीले कार्कीलाई पार्टीमा स्वागत गर्दै कांग्रेसप्रती जनताको आकर्षण थप बढेको बताए ।
कांग्रेसमा प्रवेश गरेका पूर्वसचिब कार्किले अब देशमा नेपाली कांग्रेसको बिकल्प नभएको दाबी गरे ।लोकतन्त्रलाई आत्मसाथ गरेर स्पस्ट दृष्टिकोण र अडानसहित कांग्रेस अघी बढेकोले देशमा दिगो राजनितिक स्थिरताकालागी कांग्रेसनै आवश्यक देखेर आफु कांग्रेसमा प्रवेश गरेको उनको भनाइ थियो ।
कांग्रेस प्रदेश सभा क क्षेत्रले जिल्लाको मुक्लिमा गरेको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु बलबहादुर केसि, आङगेलु शेर्पा,डा. गोबिन्द पोख्रेल्,प्रतिमा गौतम र नेता मनोजमणी आचार्य लगायतको सहभागिता थियो । स्थानिय तहको निर्बाचन नजिकिएसँगै सोलुखुम्बुमा कांग्रेसले प्रशिक्षण्, प्रचार्-प्रसार र घर दैलो कार्यक्रम जोडतोडले अघी बढाएको छ ।








