आगामी चुनावमा नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैनः प्रवक्ता डा.महत



नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री  डा.प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।नुवाकोटको ककनीमा स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोहलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले यो अभियान आगामी स्थानीय निर्वाचन जित्न आरम्भ गरिन लागेको बताउदै भने,“यो अभियान सम्पूर्ण वडा र पालिका जित्ने लक्ष्यका साथ थाल्नुहोस् । स्थानीय तहको निर्वाचन जितेपछि प्रदेश र संसदीय निर्वाचन जित्न सहज हुन्छ । नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन ।”

प्रवक्ता महतले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदा विकास प्रयास सिथिल भएको सिथिल भएको उल्लेख गर्दै भने, “नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरुले चुनाव जितेको ५ बर्षमा कति आयोजना आए,कति सम्पन्न भए । विगतमा थालिएका आयोजनाहरुको अवस्था के छ रु त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउदैन ।”
उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गरे ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ७ : २८ बजे