पुर्चौडीको मेयरमा कांग्रेसका बमको दाबेदारी



नेपाली कांग्रेस बैतडीले आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेद्वार छनोट गरिरहेको छ ।जिल्लाको पुर्चाेडी नगरपालिकाको नगर प्रमुखकालागि  दिपक बहादुर बमलाई उम्मेद्वार बनाउने कांग्रेसको तयारी छ ।

शुक्रबार बसेको पालिका समितिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमति भएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बम यसअघि २०७४को निर्वाचनमा समेत सोही पदका उमेदवार थिए ।

उतिबेला उनी २३७ मतले मात्रै माओवादी केन्द्रका नेता एवम वर्तमान नगर प्रमुख रण बहादुर कुवँरसँग पराजित भएका थिए । विगतमा २सय बढी मतले पराजीत भएका बम अहिले अन्य पार्टीबाट ७ सय बढी व्यक्तिले कांग्रेसमा प्रवेश गरेको दावी गर्छन् । तर कांग्रेसले केन्द्रीय समितिले बाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

पुर्चौडीमा नगर उपप्रमुखका उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ । कांग्रेसले यसअघि पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  ८ : ०१ बजे