जनता समाजवादी पार्टीका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी प्रवेश



जनता समाजवादी पार्टी नेपालका सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्याग गरेका छन् ।

जसपा नेपाल परित्याग गरेका चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच चौधरीलाई प्रचण्डले माला र खादा लगाएर स्वागत गरेका छन् ।

 

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  ३ : ३९ बजे