नेपालगन्जको मेयरमा कांग्रेसबाट प्रशान्त विष्ट उम्मेदवार



नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । विष्ट नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् ।

नेपाली कांग्रेस बाँके अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार राति उम्मेदवार टुंगो लगाएको हो ।

२०५० सालमा नेविसंघ इकाइबाट राजनिति सुरु गरेका विष्टको नेपालगन्ज नगर सभापतिमा यो तेस्रो कार्यकाल हो ।

विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता मानिन्छन् ।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ८ : १७ बजे