विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला



विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाउने भएको  छ। कोइराला शेखर कोइराला निकट हुन् ।

पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ११ : २९ बजे