नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका–१६ को वडाअध्यक्षमा मुकुन्द रीजालले उम्मेदवारी दिएका छन् ।
यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका रीजालले दोस्रो कार्यकालका लागि पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापति समेत रहेका रीजालले वडा अध्यक्ष भएर जनताको सेवमा लोकप्रिय काम गर्दै आएका छन् ।
नेपाल विद्यार्थी संघ बाट राजनीति सरुवात गरेका रीजाल,काठमाडौं जिल्ला कार्यसमितिको तिन कार्यकाल सदस्य हुँदै अहिले दोश्रो कार्यकाल नेपाली कांग्रेस क्षेत्र नम्बर ७ को सभापति हुन्।
काठमाडौं महानगर १६ मा कांग्रेसको तर्फबाट अध्यक्ष मुकुन्द रीजालको प्यानलमा सदस्य हरु देबेन्द्र पाठक ,जितेन्द्र कुमार श्रेष्ठ ,आशा साक्य र टीका गहतराज ले उम्मेद्बारी दीएका छन् ।










