कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी



कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छिन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ३ : १४ बजे