नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले यस्तो आग्रह गरेका हुन । उनीहरूलाई ‘कसरी काम गर्लान्’ भन्ने प्रश्न नगर्न पनि शर्माको आग्रह छ ।
काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो ।
शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् रु प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउँछन् ।
माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने बताए ।
हर्क साङ्पाङहरुलाई बधाई !
बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ lधरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ l
कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनु पर्छ!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 23, 2022










