सरकारको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा छलफल



प्रतिनिधि सभाको आज बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ ।

बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहिबार  ९ : ०९ बजे