जिसस मकवानपुरको प्रमुखमा घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी



जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए । समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना ९१७ मत०, विष्णुमाया थपलिया ९१७ मत० र सुमित्रा थिङ ९१७ मत० निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले ९३ मत० ल्याएकी थिइन् ।

दलित सदस्यमा नेकपा ९एकीकृत समाजवादी० का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी छिन् । दलित समस्यमा उनको मात्रै उम्मेदवारी परेको थियो । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी० का वीरेन्द्रकुमार लामा ९१६ मत०, नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी ९१७ मत० र सुवर्ण गोपाली ९१७ मत० विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसंगै हेटौंडा उपमहानगरपालिकामा माओवादीे वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।

प्रकाशित मिति : असार २, २०७९ बिहिबार  ८ : २२ बजे