पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल



पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।

प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । गतसालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौ, उनले भने, अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं । ती महिला पाँच वर्षदखि मिर्गौला पीडित थिइन् ।

प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् । काठमाडौंबाट आएका डा। पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा। प्रकाश क्षेत्री, डा। अनुप चापागाई, डा। माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीलगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ७ : ५५ बजे